सांकेतिक भाषामा रुपान्तरित भिडियो तथा शब्दचित्र सार्बजनिक

भक्तपुर । विश्व शिक्षासँगको सहकार्य एवं शिक्षा तथा मानव विकास स्रोत केन्द्रसँगको समन्वयमा राष्ट्रिय बहिरा महासंघ नेपालले  लर्न परियोजना अन्र्तगत सुनवाई सम्बन्धि अपाङ्गता भएका बहिरा बालबालिका लागि सिकाईको विश्वव्यापी ढाँचामा आधारित सांकेतिक भाषामा रुपान्तरित भिडियो तथा शब्दचित्र सामाग्री सार्बजनिक गरेको छ ।

राम्रो बानी शिर्षकको क्याप्सन, संकेत र अडियो सहितको विसंकेतन कितावको भिडियो सहित ३६ वटा भिडियो, ३५० वटा अक्षर, मात्रा, शब्दचित्र र संकेत सहितको सामाग्री सार्वजनिक भएको हो । उक्त सामाग्रीले सबै बालबालिकाको पहुँचमा रहने गरि निर्माण भएकाले बाहिरा बालबालिका मात्र नभई अन्य अपाङ्गता तथा सपाङ्ग बालबालिकाले पनि लाभ लिन सक्ने राष्ट्रिय बहिरा महासंघ नेपालले जनाएको छ ।

महासंघले शुक्रवार राष्ट्रिय शिक्षा तथा मानव विकास केन्द्र सानोठिमीमा एक कार्यक्रमको आयोजना गरि उक्त डकोडेबल बुक तथा शब्दपत्ति सामाग्री सार्वजनिक गरेको हो ।

हाइटेक प्रयोगबाट सिकाई प्रक्रिया प्रभावकारी हुने एवं सम्पूर्ण बहिरा समुदाय तथा बहिरा बिद्यार्थीलाई अध्यापन गराउने शिक्षक तथा सांकेतिक भाषामा रुचि राख्नेका लागि उक्त सामाग्री उपयोगी हुने विश्वास महासंघको रहेको राष्ट्रिय बहिरा महासंघ नेपालका महासचिव सन्तोष केसीले बताए ।

सुनवाई सम्बन्धि अपाङ्गता भएका नागरिकको सांकेतिक भाषामा उक्त सामाग्रीले  पहुँच वृद्वि गर्न मद्वत पुग्ने महासचिव केसीको भनाई थियो  । निर्माण भएका सामाग्रीहरु राष्ट्रिय बहिरा महासंघको फेसबुक पेज र बेवसाईटमा उपलब्ध हुने महासंघले जनाएको छ ।

No description available.

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले बहिरा समुदायको आवश्यक्ता अनुसार प्रविधिको प्रयोग गरि सामाग्री उत्पादन भएकोमा निर्माणमा संलग्न सबैप्रति आभार प्रकट गर्दै सुनवाई सम्बन्धि अपाङ्गता भएका नागरिकको सिकाई प्रक्रियामा फडको मार्न सफल भएको बताए ।

उनले बहिरा बालबालिकाको शिक्षामा पहुँच वृद्वि गर्ने सन्दर्भममा यो शुरुवात मात्र भएको भन्दै यसलाई अझै सुधार र परिमार्जन गर्दै निरन्तर रुपमा केन्द्र सरोकारवाला सबैसँग सहकार्य एवं समन्वयका लागि राष्ट्रिय शिक्षा तथा मानव विकास स्रोत केन्द्र सदैव उत्साहित रहने बताए ।

No description available.

विज्ञसँगको थप छलफलपश्चात् परिमार्जन सहित अन्तिम रुप दिईसकेपछि त्यसलाई  शिक्षा तथा मानव विकास स्रोत केन्द्रको सिकाई चौतारीमा समेत राख्न सकिने केन्द्रका महानिर्देशक चुडामणि पौडेलले बताए । कार्यक्रममा केन्द्रकै समावेशी शिक्षा शाखा प्रमुख डा दीव्या दवाडीले अपाङ्गता भएका बालबालिकामा सुनवाई सम्बन्धि अपाङ्गता सिमित शब्द स्रोतका कारण बालबालिका पछाडिपरेको बताईन् ।

कार्यक्रममा वल्र्ड ऐजुकेशनकी नेपाल निर्देशक हेलेन शेर्पा लगायत बहिरा बिद्यालयका शिक्षकहरुले उत्पादित सामाग्रीबारे धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *