

बारा–२ मा उपेन्द्र यादव ५ हजार भन्दा बढी मतले बिजयी

बारा । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन्।
गत बैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा–२ बाट उठेका यादव यादव ५ हजार ८१ मतान्तरले बिजयी भएका हुन ।
निर्वाचन आयोगका अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत ल्याएका छन् भने निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए।
यसैगरी, तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत तथा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने २ हजार ८२९ मत मात्र प्राप्त गरेका छन्।
प्रभु साह नेतृत्वको आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवाली भने २ हजार ७ सय ३८ मतमा सिमित भएका छन ।