

कल्पनाको स्वरमा तारादेवीको सुनुवार भाषाको ‘गे तेङा गो तेङा’ गीत सार्वजनिक

काठमाडौ । सुनुवार भाषाको गीत ‘गे तेङा गो तेङा तेङा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्पना सुनुवार र तारादेवी सुनुवारको संयुक्त प्रस्तुति रहेको गित क्वालिटी फिल्मस् नेपाल नामक युट्ुब च्यानलबाट सार्बजनिक गरिएको हो ।
तारा देवी सुनुवारको लेखन रहेको उक्त गीतमा कल्पना सुनुवारको स्वर रहेको छ । गीतमा रामकुमार पौडेलको संगीत रहेको छ । सुनुवार संस्कृतिलाई देखाइएको उक्त गीतको भिडियोमा स्वयम् गायिका र प्रकाश सुनुवारको मुख्य अभिनय रहेको छ ।
२०६८ सालदेखि गायन क्षेत्रमा रहेकी गायिका सुनुवारले डाँडैमा बिजुली आयो, आँखै नलाउनी, मयालाई घुमाउछु रामेछाप, जिन्दगानी, मायाकै सम्झनालगायतका गीत गाएकी छिन् ।
दर्जनौ गीत गाएकी गायिका सुनुवारको आफ्नै भाषाको गित भने यो पहिलो हो ।