

को-को हुन् त एसएसपीबाट डिआईजी बढुवाका लागि सिफारिस भएका १३ अधिकृत ? (नामसहित)

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायब महानिरिक्षक (डिआईजी) मा १३ जनाको बढुवा सिफारिस गरेको छ ।
मन्त्रालयका अनुसार रिक्त रहेका डिआईजीमा बरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी)बाट १३ जनाको सिफारिस भएको हो ।
बढुवा सिफारिस हुनेमा कुबेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, भरतबहादुर बोहोरा, रविन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्रप्रसाद मैदानी, अर्जुन चन्द ठकुरी, यज्ञविनोद पोखरेल र विकासराज खनाल रहेका छन् ।