

खानेपानीका लागि कन्सर्टः जहाँ गुन्जिए हर्क साम्पाङदेखि प्रविशा अधिकारीसम्म (तस्बिरहरु)

धरान । धरानमा कोकाहा खानेपानी सहयोगका लागि आयोजना गरिएको सांगीतिक साँझ सम्पन्न भएको छ ।
शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा उल्लेख्यमात्रामा दर्शकहरुको सहभागिता रहेको थियो ।
उक्त अवसरमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, दीपक लिम्बु, प्रविशा अधिकारी, विश्व लिम्बुका साथै देशका प्रतिष्ठित कलाकारहरुले सांगीतिक प्रस्तुतीहरु दिएका थिए । उक्त कार्यक्रमका तस्बिरहरु मेयर साम्पाङले फेसबुकमार्फत् सार्वजनिक गरेका छन् ।