

बहादुरसिं लामाको नेतृत्वमा बागमती सरकारमा जाँदै कांग्रेस
बहादुरसिं लामा आर्थिक मामिला हुँदा तीर्थ लामाले खानेपानी, उर्जा मन्त्रीका रूपमा आजै सपथ लिने

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी हुने भएको छ । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको हो ।
मुख्यमन्त्री शालिकराम जमकटेलको नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने भएका छन् । बहादुरसिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तिर्थ खानेपानी, उर्जा तथा सिचाईँ मन्त्रालयको जिम्मेवारी दिइने छ ।
नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे सपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । बहादुरसिं नुवाकोटबाट प्रदेशसभामा विजयी भएका हुन् भने तीर्थ लामा काभ्रेबाट प्रदेश सभाका लागि निर्वाचित भएका छन् ।