

अर्बपति चाैधरीको एक वर्षमा थपियो ३० करोड डलर सम्पत्ति, विश्ववरियतामा २८२ स्थानको फड्को

काठमाडौं । नेपालका एक मात्र डलर अर्बपति तथा एवं सांसद् विनोद चौधरीले एक वर्षमा थप ३० करोड डलर कमाएका छन् । फोर्ब्सले सार्वजनिक गरेको विश्व वरियताअनुसार उनी १.८ अर्ब डलर सम्पत्तिसहित विश्वको १६४७ औं धनी व्यक्तिको स्थानमा रहेका छन् ।
उनी सन् २०२२ मा १९२९ औं स्थानमा थिए। एक वर्षको अवधिमा चौधरीको सम्पत्तिसमेत ३० करोड डलरले वृद्धि भएको छ। उनले एक वर्षमा २८२ स्थान माथि उक्लिएका छन् । म्यागेजिनका अनुसार गत वर्ष उनको सम्पत्ति १.५ अर्ब डलर रहेको थियो।
चौधरी अन्तर्गत सीजी ग्रुप ग्लोबल रहेको छ। उनीसँग भएका नबिल बैंक, सीजी फुड्सबाट उत्पादित वाईवाई चाउचाउ चर्चित छन्। वाईवाई नेपालबाहेक भारत, सर्विया र बंगालादेशमा उत्पादन भइरहेको छ भने इजिप्टमा उत्पादनको तयारीमा छ।
यसैगरी सीजीका विश्वका विभिन्न देशमा होटल पनि रहेका छन्। उनलाई उनका छोरा निर्वाण, राहुल र वरुणले सघाइरहेका छन्।