

रवि लामिछानेविरूद्धको सर्वोच्चमा परेको रिट ‘हेर्न नमिल्ने’मा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट हेर्न नमिल्नेमा परेको छ ।
यो रिट न्यायाधीश अनिल कुमार सिन्हाको एकल इजलासमा परेको थियो । तर सिन्हाले यो मुद्दा हेर्न नमिल्ने भन्दै स्थगित गरेका छन् ।
अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग गर्दै युवराज सफलले सोमबार रिट दायर गरेका थिए ।