नेपाल एपीएफ स्कूलको १८औँ वार्षिकोत्सव सम्पन्न



काठमाडौं । नेपाल एपीएफ स्कूल कीर्तिपुरको १८औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले वार्षिकोत्सवको अवसरमा संचालन गरिएका विभिन्न प्रतियोगितामा सहभागि छात्रछात्राहरुलाई प्रमाणपत्र प्रदान गर्नुको साथै हरेक वर्ष प्रकाशन हुँदै आईरहेको विद्यालयको वार्षिक ‘स्मारिका सन्निवेश’को समेत विमोचन गरेका थिए ।

महानिरीक्षक अर्यालले शिक्षा आफैमा गहन र बृहत विषय भएकोले समग्र विद्यालयको छवि र स्तर उक्त विद्यालयले आफ्ना विद्यार्थीहरुलाई प्रदान गरेको व्यवहारिक एवं सैद्धान्तिक शिक्षाले विद्यार्थी जीवन निर्वाह पश्चात सम्बन्धित विद्यार्थीहरु के–कस्ता पेशा तथा व्यवसायमा अवलम्बन गर्न सक्षम भएका छन् भन्ने कुरामा निर्भर रहने बताए । उनले उहाँले कोभिड–१९को कारण थलिएको नेपाली शैक्षिक अवस्थालाई छोटो समयमै परिवर्तन गरी अगाडी बढाउन सफल भएकोमा विद्यालयका प्रधानाचार्य, शिक्षक, कमाण्डेन्ट, विद्यार्थी, अभिभावक र सहयोगी संघसंस्थाहरुले पु¥याएको सहयोगको मुक्तकण्ठले प्रशंसा गर्दै स्थापना दिवसले अभिभावक, शिक्षक र विद्यार्थीहरुमा थप उर्जा र हौसला मिलोस भन्ने शुभकामना व्यक्त गरे ।

उनले नेपाल एपीएफ स्कूललाई संगठनले गर्नुपर्ने सहयोग र समन्वयमा कुनै कसुर बाँकी नराख्ने बताउनुहुँदै वर्तमान अवस्थामा नेपाल एपीएफ स्कूलले दिने शिक्षा र अतिरिक्त क्रियाकलापहरुमा छुट्टै पहिचान गराउँदै अगाडी बढाउनुको साथै यस विद्यालयलाई समयानुकुल परिमार्जन र वैज्ञानिक बनाई उत्कृष्ट विद्यालयको रोजाई भित्र पार्ने वातावरण सिर्जना गर्न विद्यालय परिवारलाई निर्देशन दिए ।

May be an image of 7 people, people standing, balloon and outdoors

वार्षिकोत्सवको अवसर पारी आफ्ना सन्ततीहरुको भविष्य नेपाल एपीएफ स्कूलको जिम्मामा सुम्पनहुने सबै अभिभावकप्रति हार्दिक आभार प्रकट गर्दै महानिरीक्षक अर्यालले भने–‘यहाँहरुको छनौट र हामीप्रतिको विश्वासमा कुनै सन्देह नगर्नुहोला, हामीले हाम्रा नानीबाबुहरुलाई उचित र समयानुकुल शिक्षा दिने कार्यमा कुनै सम्झौता गर्ने छैनौँ ढुक्क भएर आफ्ना सन्ततीहरुको बारेमा चासो राखी विद्यालयलाई आवश्यक सल्लाह र सुझाव दिनुहुने अपेक्षा राख्दछु ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले विद्यार्थीहरुको अदम्य आट र मिहिनेतको कारण एक सक्षम, विवेकशिल र विशिष्ट व्यक्ति बन्न सफल हुने बिश्वास व्यक्त गर्नुहुँदै विद्याार्थीहरुको संवेगात्मक विषयहरुमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिक्षक, अतिरिक्त क्रियाकलापमा संलग्न प्रशिक्षक वर्ग तथा विद्यालय परिवारप्रति हार्दिक आभार प्रकट गरे । उनले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म छरिएर रहेका सशस्त्र प्रहरी कर्मचारी तथा सर्वसाधारण नागरिकका सन्ततीलाई ज्ञानको ज्योति फैलाउन विद्यालय अग्रसर रहेको बताउँदै कठिन समय र परिस्थितीमा पनि शैक्षिक क्षेत्रलाई हातेमालो गर्दै अगाडी बढाउन सफल भएकोमा खुशी व्यक्त गरे ।

विद्यालयका प्रधानचार्य युवराज पराजुलीले संगठनले विश्वास गरेर जिम्मेवारी प्रदान गरे अनुरुप नै आफ्नो ज्ञान, सिप, बुद्धि, विवेक र दक्षताले भ्यायसम्म मन वचन र कर्मका साथै विद्यालय तथा विद्यार्थीहरुको समुज्वल भविष्य निर्माण कार्यमा अगाडी बढिरहेको बताउँदै नेपाल एपीएफ स्कूल किताबी ज्ञानमा मात्र सिमित नभई अतिरिक्त क्रियाकलाप तथा शिक्षात्मक क्रियाकलापमा समेत अग्रसर रहेको बताए । उनले विद्यार्थीको प्रगति नै शिक्षकको पुरस्कार रहेको कुरा बताउँदै विद्यालय, बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक समन्वय र सहकार्य रह्यो भने हरेक सन्तती महान व्यक्ति बन्न कुनै ठूलो कुरा नरहेको बताए ।

वार्षिकोत्सव कार्यक्रममा नेपाल एपीएफ स्कूलका छात्रछात्राहरुले फुटबल, काता, कराते, तेक्वान्दो लगायत कविता वाचन, नाचगान समेत प्रस्तुत गरेको थिए । साथै फुटबल प्रतियोगितामा कक्षा ४ को टिमले कक्षा ५ का विद्यार्थी टिमलाई १–३ गोलका अन्तरले पराजित गरी विजयी भएका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका अतिरिक्त महानिरीक्षक बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत, कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष, पूर्व विद्यालयका समादेशक, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, संचारकर्मी, शिक्षक÷शिक्षिकाहरु, अभिभावक तथा विद्यालयका छात्रछात्राहरुको समेत उपस्थिती रहेको थियो ।