

सशस्त्र प्रहरीको प्रवक्तामा एसएसपी खड्का

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिईएको छ ।
यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात एसएसपी खड्कालाई उक्त जिम्मेवारी दिईएको हो ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि उनलाई मोबाइल नम्बर ९८५१२७२००७ र ईमेल ठेगाना spokesperson@apf.gov.np मा सम्पर्क गर्न सकिने छ ।