

एआईजी ज्ञवालीको उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको पदस्थापन भएको छ ।
हालै रिक्त एआईजीमा बढुवा भएका ज्ञवालीलाई प्रधान कार्यालयले रानीपोखरीको जिम्मेवारी सुम्पिएको हो ।