

सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष, ३ बजे फेरि बस्ने

काठमाडौँ – सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। बैठक दिउँसो ३ बजे पुन : बस्ने गरी स्थगित भएको हो।
बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भई नसकेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद्लाई टुङ्गो लगाउने तयारी गरेका छन् ।
गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३/३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।