

लहान नगरपालिकाले सुरु गर्यो लामखुट्टे मार्ने अभियान

लहान । लहान नगरपालिकाले लामखुट्टेको टोकाईबाट हुने कालाजार, मलेरिया, डेंगु जस्ता रोगहरु नियन्त्रणका लागि विभिन्न वडाहरुमा लामखुट्टे मार्ने औषधी छर्न सुरु गरेको छ । नगरपालिकाका मेयर महेश चौधरीले नगरबासीहरुलाई राम्रोसँग औषधी छर्नका लागि लगाउनका लागि अनुरोध समेत गरेका छन् ।
उनले लामखुट्टेका कारण हुने रोगहरुको नियन्त्रणका लागि नगरपालिकाले गर्न लागेको पहललाई नगरबासीले सहयोग गरिदिन अनुरोध गर्दै उक्त कार्यक्रमको उद्घाटन समेत गरेका छन् ।
पहिलो चरणमा १ देखि वडा नं. १० सम्म औषधी छर्ने कार्यक्रम रहेको पनि मेयर चौधरीले जनाए ।