

प्रधानसेनापति भेट्न जंगी अड्डा पुगे प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रधानसेनापति प्रभुराम शर्माले बधाई दिएका छन् । आइजीपीको पदभार ग्रहण गरेलगत्तै जंगीअड्डामा प्रधानसेनापति शर्मालाई भेट्न पुगेका कुँवरलाई बधाई दिएका हुन् ।
सुरक्षा निकायका दुई प्रमुखबीचको भेटमा आपसी सहकार्यका विषयमा पनि छलफल भएको थियो । कुँवरलाई शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले आइजीपीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
उनीलाई ४ जना प्रहरी अतिरिक्त महानिरिक्ष एआइजी प्रतिस्पधीमध्येबाट आइजीपीमा छनौटमहा परेका हुन् । उनलाई आज गृहसचिव विनोद सिंहले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।