सांसद चौधरी र मेयर शाहबीच एयरपोर्टमै जम्काभेट

काठमाडौं । नेपाली कांग्रेस सांसद विनोद चौधरीले काठमाडौं महानगरका मेयर बालेन शाहसँग भेट गरेका छन्।

भैरहवास्थित विमानस्थलमा बालेनसँग भएको भेटको फोटो राख्दै चौधरीले छिट्टै महानगरसहित समग्र विकासबारे छलफल गर्ने चौधरीले बताएका छन्।

‘काठमाडौं महानगरका मेयर बालेन्द्र शाहजीसँग नवलपरासी जाने क्रममा भैरहवा विमानस्थलमा भेट भयो । हामी छिट्टै भेटेर महानगरसहित समग्र विकासबारे छलफल गर्नेछौं,’ चौधरीले भनेका छन् ।

चौधरी प्रतिनिधि सभाअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *