

लहानमा सामूदायिक शौचालय हस्तान्तरण

लहान । लहान नगरपालिका–५ बालुवाटोलमा सामुदायिक शौचालय आजदेखि हस्तान्तरण भई सञ्चालनमा आएको छ ।
शौचालय प्रयोग र संरक्षण गरि सभ्य नागरिकको परिचय दिनका लागि अनुरोध गर्दै लहान नगरपालिकाका मेयर महेश चौधरीले उक्त सामूदायिक शौचालय समूदायलाई हस्तान्तरण गरेका छन् ।
नगरपालिका, वाटर एड, नेपाल खानेपानी संस्थान, एलिगन वाटर र दलित जनकल्याण युवा क्लबको सहयोगमा निर्माण गरिएको मेयर चौधरीले जनाए ।
हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष अब्दुल करिम, रमेश गौतम, रामअवतार शर्मालगायत अतिथिहरुको सहभागीता थियो ।
शौचालयबिहीन ४७ दलित घरपरिवारका लागि सामुहिक अपांगमैत्रीसहित शौचालय निर्माण भएको हो । यहाँ खुला शौच भईरहेको थियो । अब त्यो क्रम रोकिने स्थानीयवासीले जनाएको छ ।