

नवनियुक्त आईजी कुँवरलाई दर्ज्यानी चिह्न

काठमाडाैं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।
आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । उनलाई गृहसचिव विनोदप्रकाश सिंहले प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
कुँवरलाई सरकारले गत शुक्रबार प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।