

युएईविरुद्ध ललितले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले अहिले पाहुना टोली युएईविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।
ब्याटिङ गरिरहेको युएईविरुद्ध नेपाललाई पहिलो सफलता मिलेको छ ।
बलर ललित राजवंशीले नेपाललाई पहिलो सफलता दिलाएका हुन । उनले युएईका ओपनर आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे ।
युएईले ८ ओभरमा १ विकेट गुमाएर ४९ रन जोडेको छ ।