चैत ६ मा विश्वासको मत लिने तयारीमा प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको जनाइएको छ ।
कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् ।
एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ ।
विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।