पपुवान्युगिनीविरूद्ध नेपालको सहज जित
आशिफले बनाए २१ बलमा ५३ रन
काठमाडौं । पपुवान्युगिनीविरुद्ध नेपालले ९ विकेटको जित हात पारेको छ ।
टस हारेर ९५ रनमा समेटिएपछि पपुवान्युगिनीले नेपाललाई दिएको ९६ रनको लक्ष्य नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा १०० रन बनाउँदै पूरा गरेको हो ।
नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ३३ रन बनाउँदै आउट भए पनि अर्का प्रारम्भिक ब्याट्सम्यान आशिफ शेखको ५३ रन र कुशल मल्लको १२ रनको मद्दतले नेपालले पीएनजीविरुद्ध शानदार जित हात पारेको हो । आशिफले २१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ८ चाैका र ३ छक्का प्रहार गरेका थिए ।
कुशल भुर्तेलले १४ बलमा ३३ रन बनाएका थिए भने कुशल मल्लले १३ बलमा १२ रन बनाउँदै नटआउट रहेका थिए ।
पीएनजीका लागि साेपरले १ विकेट हात पारेका थिए ।
यससँगै आईसिसी विश्वकप लिग २ मा ३५ खेलमा ३८ अंक जोडेको छ ।
पिएनजीलाई सस्तैमा समेट्न नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएका लिएका थिए भने कुशल मल्ल र ललितनारायण राजवंशीले २/२ विकेट लिएका थिए । त्यस्तै सोमपाल कामीले १ विकेट लिएका थिए ।