नेपाल र पपुवान्युगिनी आज भिड्दै

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आज सोमबार पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ ।

त्रिकोणात्मक सिरिजको चौथो खेलमा घरेलु टोली र पीएनजी खेल्न लागेका हुन् । कीर्तिपुरमा रहेको त्रिवि मैदानमा खेल बिहान साढे ९ बजेबाट सुरु हुनेछ ।

विश्वकप लिग टूको शिर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन नेपाललाई बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नु पर्ने हुन्छ।

पीएनजीलाई यही सिरिज अन्तर्गतको पहिलो खेलमा पराजित गरेको नेपाल आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहान्छ ।

घरेलु मैदानमा ८ एकदिवसीय अन्तराष्ट्रियमा अपराजित नेपाल आफनो नवौं खेललाई समेत स्मरणिय बनाउन चाहान्छ ।

नेपालले विश्वकप लिग टूको अन्तिम खेलमा मार्च १६ (चैत २) मा यूएईसँग खेल्नेछ ।

नेपालले सात देश सम्मिलित विश्वकप लिग टूमा ३४ खेलमा १७ मा जित तथा १५ मा हार व्यहोरेको छ । नेपाल ३६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

पीएनजीले ३४ खेलमा ५ मा जित २८ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

नेपालको सम्भावित प्लेईङ–११
आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भिम सार्की, रोहित पौडेल (कप्तान), आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, कुशल मल्ल, सोमपाल कामी, सन्दीप लामिछाने र ललित नारायण राजवंशी

Leave a Reply

Your email address will not be published. Required fields are marked *