मन्त्रीपरिषद् बैठक सुरु, संवैधानिक परिषद् बैठक साँझ ५ बजे बस्ने

काठमाडौं । मन्त्रिपरिषद्‍ बैठक सुरू भएको छ । बालुवाटारमा केहीबेरअघि बैठक सुरू भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

मन्त्रिपरिषदको नियमित बैठक सोमबार र बिहीबार बस्ने गरेकोमा यसपटक भने मंगलबार बसेको हो। बैठकमा समसामयिक विषय छलफल हुने बताइएको छ।

यसअघि मंगलबार बिहान संवैधानिक परिषद्‍को बैठक बसेको थियो। तर उक्त बैठकमा सभामुख अनुपस्थित भएपछि पुनः आजै ५ बजे बस्नेगरी बैठक स्थगित भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *