नेपाल फर्मास्युटिकल एशोसियसनको २३ औं कार्यसमिति निर्वाचन शनिबार



काठमाडौं । नेपाल फर्मास्युटिकल एशोसियसनको २३ औं नयाँ कार्यसमितिका लागि शनिवार काठमाडौमा निर्वाचन हुँदैछ ।

नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रसँगैको सहकारी विभागको सहकारी तालिम केन्द्रमा बिहान नौ बजेदेखि निर्वाचन हुनेछ । करिब १८ सय मतदाता संख्या रहेको उक्त संस्था फार्मेसिष्टहरुको विशुद्ध व्यवसायिक संस्थाका रुपमा रहेको छ ।

२३ औ कार्यसमिति निर्वाचनमा वीरगञ्ज, चितवन, भैरहवा, विराटनगर लगायत देशभरका प्रतिनिधीहरुको उल्लेखनीय उपस्थिति रहने जनाईएको छ ।

निर्वाचनले एक अध्यक्ष, एक महिला उपाध्यक्ष, दुई खुला उपाध्यक्ष, एक महासचिव, सचिवमा दुई र कोषाध्यक्षमा एक जना गरि तेह्र सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

देशभरका फार्मेसिष्टहरुको छाता संस्थाका रुपमा रहेको नेपाल फार्मास्युटिकल एशोसियसनले फार्मेसिष्टको हक हितका लागि विभिन्न समयमा तालिम, गोष्ठी तथा सभा सम्मेलन गर्दै नीतिगत बहसपैरवीका कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । प्रत्येक तीन वर्षमा हुनुपर्ने चुनाब कोभिड १९ लगायत विविध कारणले रोकिदै ६ वर्षपछि पुन हुन लागेको हो ।

निर्वाचनलाई सभ्य एवं मर्यादित बनाउनका लागि निर्वाचन समितिले शुक्रवार निर्वाचन आचारसंहिता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको थियो ।