

सन्दिपको भिसा आयो, आजै युएई जाने तयारी

काठमाडौं । सर्बोच्च अदालतले बिदेश जान लागेको यसअघिकाे रोक खुल्ला गरिदिए पछि क्रिकेटर सन्दिप लामिछानेले युएईको तयारी गरेका छन् ।
युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ ।
सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएकाे छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन ।
त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुुदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ ।
यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।