

नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्दै

काठमाडौं । जैविक विविधता, प्रकृती तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ संचालन गर्न गईरहेको छ । सो अभियानअन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरु (अन्नपूर्ण र लोत्से)को सफाई गर्ने उद्देश्य रहेको छ ।
सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल’सँग साझेदारी गरी आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत रु १ करोड १० लाख उक्त अभियान सम्पन्न गर्न सहयोग गर्ने भएको छ ।
मंगलवार एक कार्यक्रमका बीच नेपाली सेना, सुर्य नेपाल प्रा लि र ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल’ बिच ‘सफा हिमाल अभियान २०२३’लाई सहयोग गर्ने सम्बन्धमा त्रीपक्षिय सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।
कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारि, ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट, नेपाल’का आनन्द मिश्रा,सूर्य नेपाल प्रालिका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता रहेको थियो ।