

रवि लामिछानेको च्यालेन्ज, ‘मैले सिधा कुरा नगरेको धेरै भएछ, सबैले हेरुन्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले पार्टीले आज ठोस बैठक लिने बताँउँदै आफूले सिधा कुरा नगरेको धेरै भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार लेख्दै लामिछानेले आज विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने त्यस पत्रकार सम्मेलन सबैले हेर्नका लागि अनुरोध गर्दै ‘सिधा कुरा नगरेको धेरै भएछ’ भन्दै एक किसिमको च्यालेन्जसमेत दिएका छन् ।
उनले लेखेका छन्, पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’