गृहमन्त्री लामिछाने स्वर्गीय आचार्यका परिवार भेट्न कीर्तिपुर अस्पतालमा

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेम आचार्यको परिवारसँग भेट गरेका छन् ।

गृहमन्त्री लामिछानेले राजधानीको बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका आचार्यका परिवारलाई बुधबार दिउँसो कीर्तिपुर अस्पताल पुगेर भेट गरेका हुन् ।

आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो।

उनको मृत्युपछि गृहमन्त्री लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका थिए।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *