

सशस्त्र प्रहरीले पर्सिको सम्पर्क मिति माघ २७ लाई सार्यो (सूचनासहित)

काठमाडौं — सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको विभिन्न पदका लागि तोकिएको सम्पर्क मिति विशेष कारणले परिमार्जन गरेको छ ।
सशस्त्रका अनुसार मानवस्रोत विभाग, मानव स्रोत निर्देशनालय, भर्ना तथा छनौट शाखाका अनुसार यही १३ गते (पर्सी) तोकिएको सम्पर्क मिति परिमार्जन गरि आगामी माघ २७ गतेलाई कायम गरिएको भन्दै सूचना प्रकाशित गरेको छ ।
सूचनाअनुसार साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक र सशस्त्र प्रहरी सहायक निरीक्षक र साधारण समूह, कानून उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक पदको उम्मेद्वारहरुको सम्पर्क मिति परिमार्गन गरिएको हो ।