स्वास्थ्य मन्त्री गिरीसमक्ष पैयूँ गाउँपालिकाले बुझायो ज्ञापनपत्र

पर्वत । स्वास्थ्य तथा जनसँख्या मन्त्री पदम गिरीलाई पर्वतको पैयूँ गाउँपालिकाले पैयूँमा गुणस्तरीय एवं पहुँचयुक्त स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको सवालमा विविध माग राखेर शनिबार ज्ञापन पत्र बुझाएको छ ।

मन्त्री भइसकेपछि आफ्नो गृह जिल्ला पर्वत पुगेका मन्त्री गिरीलाई पैयूँ गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले गाउँपालिकाको तर्फवाट सो ज्ञापन पत्र बुझाएकी हुन् ।

No description available.

अपरेशन थ्रियटर सहितको ५० शैयाको अस्पताल, पोस्टमार्टम सेन्टरको स्थापना, २४ सै घण्टा आकस्मिक सेवा प्रदान गर्ने सकिने तथा दन्त, आँखा, टीबी रोग परीक्षण सेवा, डिजिटल एक्सरे तथा प्लास्टर सेवा, २४ अ‍ै घण्टा एक्सरे सेवा, गर्भवती तथा सुत्केरीका लागि पोषिलो आहार वितरण सेवा, वडा न ७ भोर्ले र ३ बेउलीवासमा वडा स्वास्थ्य चौकी भवन, महिला स्वास्थ्य स्वयंसेविकाका लागि सेवामा खटिदाको भत्तामा वृद्वि लगायतका मागहरु ज्ञापनपत्रमा उल्लेखित छन् ।

ज्ञापनपत्र बुझ्दै मन्त्री गिरीले पैयूँको स्वास्थ्य अवस्थाबारेमा आफुलाई जानकारी भएको भन्दै उपचारकै लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताएका थिए । पैयूँमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्ने मन्त्री गिरीले सो अवसरमा प्रतिवद्वता व्यक्त गरेको गाउँपालिकाकी उपाध्यक्ष यामकुमारी रानाले बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *