झापाका राजेश र पवित्रा जब एउटै रूखमा…

झापा । झापाको कचनकवलमा प्रेमीप्रेमिका एउटै रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

कचनकवल–४ निवासी २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्राकुमारी राजवंशीले एउटै रुखमा झुन्डिएर आत्महत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए।

कचनकवल–४ स्थित एभरेस्ट टी गार्डेनभित्र रहेको रुखमा एउटै कपडाले पासो लगाएर दुबै जनाले आत्महत्या गरेको पाइएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरेपछि मात्र थप कुरा बाहिर आउने डीएसपी पाठकले बताए।

गत साउनमा तीन जना युवती सामूहिक रुपमा एउटै रुखमा झुन्डिएर आत्महत्या गरेको घटना सेलाउन नपाउँदै कचनकवल गाउँपालिका फेरि यस्तो दर्दनाक घटना घटेको स्थानीयवासी बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *