

पाइलट पढ्न गएका सुवेदीको प्लेन दुर्घटनामा निधन

काठमाडौं – नेपालबाट दक्षिण अफ्रिका पाइलट पढ्न गएका एक विद्यार्थीको दुर्घटनामा परि निधन भएको छ ।
दक्षिण अफ्रिकाको जोहानेशबर्गमा रहेको फ्लाइट ट्रेनिङ सर्भिसमा पाइलट पढ्न गएका सुवेदीको तालिमकै क्रममा भएको दुर्घटनामा परी ज्यान गएको जनाइएको छ ।
उनीसहित उक्त जहाज दुर्घटना हुँदा अन्य २ जनाको पनि निधन भएको जनाइएको छ ।
उनीहरुले उडाइरहेको जहाज आइतबार बिहान जोहानेशवर्गस्थित ग्रान्ड सेन्ट्रल विमानस्थलबाट उडेको केही मिनेटमै नास्रेक भन्ने स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा इरानका उडान प्रशिक्षकको पनि निधन भएको थियो ।