सशस्त्रको गोताखोरले भेटे चोभार दुर्घटनामा बेपत्ता खत्रीको शव
काठमाडौं — किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर वेपत्ता भएका राजकुमार खत्रीको शव बिहीबार (आज) सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।
माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो ।
दुर्घटनामा कारमा सवार काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका १ वस्ने अन्दाजी ४० बर्षिय राजकुमार खत्री वेपता भएका थिए भने अन्दाजी ४० बर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् । सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।