

मन्त्रालय बाँटफाँडका लागि बैठक बस्दै सत्ता साझेदार

काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक बस्दै छ ।
अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल हुने बुझिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन ।
अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।
शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ । राप्रपा, नागरिक उन्मुक्ति र जसपाले पार्टीहरूले सरकारमा सहभागी हुन विभिन्न सर्तहरू अगाडि सारेका छन् ।