

सूर्यज्योति लाइफको अध्यक्षमा भट्टराई नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् ।
पुस ७ गते बिहान बसेको ३३३ औंं बैठकबाट भट्टराई अध्यक्ष पदमा चयन भएका हुन् ।
उनले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष पद तथा गोपनियताको सपथ समेत लिइसकेका छन् ।
यस्तै कम्पनीको संचालक समितिको सल्लाहकारमा आकाश गोल्छा नियुक्त भएको कम्पनीले जनाएको छ ।