

सरकार गठनबारे बालकाेटमा ओली-प्रचण्ड वार्तामा

काठमाडौं । नयाँ सरकार गठनका लागि सत्ता सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ । सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको समयसीमा सकिन लाग्दा आइतबार बालकोटमा ओली प्रचण्डबीच वार्ता सुरु भएको हो ।
छलफलमा नेकपा ओलीसँगै एमाले नेताहरू विष्णु पौडेल, शंकर पोखरेल र विष्णु रिमाल सहभागी छन् । माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि सहभागी छन् ।उक्त छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र जनता समाजवादी पार्टीका नेता अशोक राई समेत सहभागी रहेको बताइएको छ ।
सरकार गठनका लागि एमालेकाे ७८ सिट, माओवादीकाे ३२ सिट, राष्ट्रिय स्वतन्त्र पार्टीकाे २० सिट र राप्रपा १४ सिट गरी १४४ सिटकाे हुन्छ । यसकारण एमालेसँग मिलेर आजै सरकारकाे दावी गर्ने सम्भावना पनि छ ।