सेनाको ट्रक दुर्घटना हुँदा सिक्किममा १६ सैनिकको मृत्यु

नयाँ दिल्ली – भारतको उत्तरी सिक्किममा सेनाको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा परी १६ जना सैनिकको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

शुक्रबार बिहान सेनाको तीनवटा सवारीसाधन सेना लिएर चटनबाट थंगु गइरहेका थिए। मोडमा चालकले नियन्त्रण गुमाउँदा एउटा ट्रक सडकबाट तल पुगेको थियो।

भारतीय सेनाले जनाए अनुसार दुर्घटना भएलगत्तै उद्धार सुरु गरिएको थियो। घटनाप्रति भारतीय रक्षामन्त्री राजनाथ सिंहले दुःख व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *