सूर्या लाइफ र ज्योति लाइफबीच मर्जरपछिको पहिलो कारोबार सुरु



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच मर्जरपछि पहिलो कारोबार सुरु भएको छ । गएको असार १२ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीको आज ९पुस ७० सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीका नाममा संयुक्त कारोबार थालिएको हो ।

सूर्यज्योति लाइफको प्रमुख कार्यकारी अधिकृत साविकको ज्योति लाइफका सीईओ प्रकाशविक्रम खत्री रहेका छन् । सञ्चालक समितिको अध्यक्ष साविक सूर्या लाइफका केशवप्रसाद भट्टराई भएका छन् । मर्जरपछि कम्पनीको चुक्तापुँजी चार अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । साविक सूर्याको चुक्तापुँजी दुई अर्ब ५५ करोड थियो । ज्योतिको दुई अर्ब ४२ करोड थियो ।

स्वाप रेसियो सूर्या लाइफको १०० बराबर ज्योति लाइफको ८२।४५ कायम गरिएको थियो । सोअनुसार ज्योति लाइफको चुक्तापुँजी एक अर्ब ९९ करोड कायम हुन पुगेको हो ।