

गगनले लिए २ हजार बढी मतको अग्रता, गगनले ८७८५ मत ल्याउँदा राजनको ६६४९ मत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ४ मा नेपाली काग्रेसका गगनकुमार थापाले दुई हजार १३६ मतले अग्रता हासिल गरेका छन्।
१९ हजार ५८ मत गणना गर्दा थापाले ८ हजार ७८५ मत ल्याएका छन् भने एमालेका डा. राजन भट्टराईले ६ हजार ६४९ मतसहित पछ्याइरहेका छन्।
उक्त क्षेत्रमा ४५ हजार ५०२ मत खसेको छ। अहिलेसम्म बूढानीलकण्ठ नगपालिका वडा नम्बर १, २, ८, ९, १० र ११ को मत गणना सकिएको छ।
अब बूनपा १२, १३ तथा काठमाडौँ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० को मत गणना गर्न बाँकी छ।