नवलपुरमा राप्रपा अध्यक्ष लिङ्देन, ‘बिग्रिएको राजनीतिक बाटो सच्याउने विकल्प राप्रपा हो’



नवलपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बिग्रिएको राजनीतिक बाटो सच्याउने एक मात्र विकल्प राप्रपा भएकाले एकपटक मत बदल्न आग्रह गरेका छन् ।

राप्रपा नवलपुरले शनिबार डन्डामा आयोजना गरेको चुनावीसभामा उनले आगामी चुनावमा गलत पार्टी र गलत नेतालाई हराउन आग्रह गरे । “देशमा नयाँ परिवर्तनका लागि मत परिवर्नत गर्नै पर्छ”, उनले भने ।

कांग्रेस–माओवादीले उम्मेदवारी दिएको सबै सिट जिते पनि बहुमत ल्याउन नसक्ने उनको जिकीर थियो । “कांग्रेस एक्लैले सय सिटमा पनि उम्मेदवारी दिएको छैन, माओवादी एक्लैले त ५० सिटमा पनि उम्मेदवारी दिएको छैन, एमाले र राप्रपा मात्र हो बहुमत सिटमा उम्मेदवारी दिने, जति सिटमा उठाएका छन्, कांग्रेस माओवादीहरुले त्यति सिटै जिते भने पनि बहुमत प्राप्त गर्न सक्दैनन्, अझ एक्लै सरकार बनाउन सक्दैनन् ।”