

नेपाल प्रहरी श्रीमती संघ अध्यक्ष शाहीको गीति कविता ‘काग दाई !’

काठमाडौं । कागतिहारको अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवं प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहकी श्रीमती कुशुमलता सिंहले कागसम्बन्धी गीति कविता सार्वजनिक गरेकी छिन् ।
सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत् काग तिहारको अवसरमा चतुर प्राणी कागको बखान गर्दै गीति कविता ‘काग दाई !’ लेखेकी हुन् ।
उनले उक्त कवितामा कागके बखान गर्दै लेखेकी छिन् । यमपञ्चकको दोस्रो दिनको अवसरमा नेपालमा आज काग तिहार मनाइँदैछ ।
उनले लेखेकी छिन्
काग दाई !
काग दाई काग ! काग दाई काग !
म बोलाउँछु काग ! आमा भन्नुहुन्छ जा भाग् !
मेरो निम्तो तिमीलाई आऊ काग् !
आऊ खान मसंग, मैले दिएको मीठो भाग् ।
चल्लालाई गुँडमा छोेड्दै
आयौ काग घुम्दै उड्दै !
तीखा आँखा चलाख चाल्
टाउको छुनुमुनु घुमाउँदै,
‘काग काग’ को आफ्नै भाषा
नौलो सन्देश सुनाउँदै,
काग काग काग ! काग दाई काग !
काग दाई काग के छ तिम्रो हाल
काग काग काग, काग दाई काग
तिम्रो उडने पंख, मेरो दुई हात ।
काग दाई काग ।।खै तिम्रो नाक ?
आकाश तिम्रो, कावा खाँदै उड्छौ धेरै माथि
आमातुल्य मेरो धर्ती, फरक हाम्रो यति
काग काग काग ,काग दाई काग ।
आऊ खान मसंग, मैले दिएको मीठो भाग् ।