हिरोसिमा संग्रहालयमा प्रचण्डको केही क्षण (फोटोफिचर)



टोकियो । पाँच दिने जापान भ्रमणमा रहेका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज जापानको हिरोसिमास्थित संग्रहालयको भ्रमण गरेका छन् ।

दाहालसहितको् टोलीले आणविक बम खसेको हिरोसिमा शहरस्थित संग्रहालयको अवलोकन गरेका हुन् ।

नेपाली जन प्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका प्रचण्डले विभिन्न कार्यक्रममा भाग लिने कार्यक्रम छ ।

प्रचण्डसहित टोलीमा प्रमुख स्वकीय सचिव गङ्गा दाहाल, स्वकीय सचिव रमेश मल्ल र प्रेस संयोजक सूर्य किरण पनि रहेका छन् । दाहाल यही २५ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।