नवलपुरका ८ प्रमुखले यसरी लिए सपथ (फोटोफिचर)

कावासोती । जिल्ला निर्वाचनको कार्यालय नवलपुरले नवलपरासी (वर्दघाट सुस्ता पूर्व) स्थानीय तह निर्वाचन, २०७९ मा निर्वाचित नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।

उक्त सपथ कार्यक्रममा गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट नवलपुरका विभिन्न स्थानीय तहमा निर्वाचित प्रमुखहरु उपस्थित रहेका थिए । उक्त अवसरमा चार गाउँपालिका अध्यक्ष र चार नगरपालिका प्रमुखहरुलाई छुट्टाछुट्टै सपथ खुवाइएको थियो ।

उक्त अवसरमा बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझा, हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डे, विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, बुलिङटार गाउँपालिकाका अध्यक्षा दीपेन्द्र सुनारी मगरका साथै गैंडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारी, देवचुलीका नगर प्रमुख हरि न्यौपाने, कावासोती नगरपालिकाका विष्णुप्रसाद भुषाल र मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीले पद तथा गोपनियताको सपथ लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *