‘क्लिनस्वीप’ गर्ने लयमा हुप्सेकोट कांग्रेस

६ मध्ये ५ वटा वडामा कांग्रेस विजयी, वडा नं. ४ को मतगणना सुरु



हुप्सेकोट – नवलपुरको हुप्सेकोटका ५ वटा वडामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

जारी मतगणनाअनुसार हुप्सेकोट गाउँपालिकाका १, २, ३, ५ र ६ नम्बर वडामा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका हुन् ।

हुप्सेकोटको वडा नं. १ मा नेपाली कांग्रेसका प्रेमबहादुर घर्ती, २ मा कृष्णबहादुर थापा, ३ मा विष्णु राना, ५ मा पदमबहादुर  राना र वडा नं. ६ मा छामबहादुर सोमै विजयी भएका छन् ।

अहिलेसम्म गाउँपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार क्रमशः लक्ष्मी पाण्डे र पूर्णसिंह राना अगाडि रहेका छन् ।

हुप्सेकोटको वडा नं. ३ मा अहिलेसम्म नेपाली कांग्रेसले जित हात पार्न नसकेको अवस्था थियो । गत स्थानीय निर्वाचनमा निर्वाचित एवं अहिलेकी पनि उम्मेदवार लक्ष्मी पाण्डेको गृहवडा रहेको उक्त वडामा नेपाली कांग्रेसको जितलाई ठूलो अर्थका रुपमा हेरिएको छ ।

एमाले नगरप्रमुख उम्मेदवार चेतन रानाको गृहवडा समेत रहेको वडा नं. २ मा नेपाली कांग्रेसका कृष्णबहादुर थापा ९३ मतान्तरले विजयी बनेका छन् ।

पाण्डेले अहिलेसम्म ४५२ मतले अगाडि छिन् भने उपप्रमुख राना ७०९ मतले अगाडि रहेका छन् ।

स्मरणीय रहोस् वडा नं. ४ नेपाली कांग्रेसका गाउँ कार्य समितिका सभापति बलबहादुर रानाको वडा हो ।