स्नेहा र रिसबले जिते ‘रनवे ड्रिम्स-२०२२’ को उपाधि

काठमाडाैं । ‘रनवे ड्रिम्स २०२२’ (सिजन २) को उपाधि रिसब मित्तल र स्नेहा ढकालले जितेका छन् । स्नेहाले ८ प्रतियोगीलाई पछि पार्दै महिलातर्फ र रिसम १० प्रतियोगीलाई पछि पार्दै पुरूषतर्फको शीर्ष उपाधि चुमेका हुन् । विजेताले ७० हजार नगदसहित विभिन्न उपहार प्राप्त गरे ।

‘ड्रिम्स इन्टिच्युट अफ मोडलिङ फेसन’ को आयोजनामा शनिबार अबेर साँझ लेन्ड मार्क रिसेप्सन कालिमाटीमा आयोजित प्रतियोगितामा महिलातर्फ अनुषा कुँवर क्षेत्री फष्ट रनरअप र अनु मानन्धर सेकेन्ड रनर अप चुनिँदा पुरूषतर्फ ओम जोशी फष्ट रनर अप र समर पुरी सेकेन्ड रनर अप विजेता बने ।

साज सज्जासहित भव्य रुपमा निर्माण गरिएको रनवेसहित फेसनमय वातावरणमा आयोजित प्रतियोगितामा अभिनेता रमेश उप्रेती, पहिलो मिस युनिभर्स नग्मा श्रेष्ठ, फेसन डिजाइनर मञ्जु ढकाल, टन्सर कसेसी, उपसना श्रेष्ठ, निकिता थापा लगायत निणार्यक रहेका थिए ।

अभिनेता कृष्ण मल्ल शर्मिला मल्ल र पर्यटन बोर्डकी नन्दिनी थापा विषेश अतिथिको रुपमा सहभागी प्रतियोगितामा ‘मिसेस टुरिजम २०२२’ को ताज मधु किरणलाई प्रदान गरियो । मधुले दुबईमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस टुरिजम २०२२’ मा नेपालको प्रतिनिधित्व गर्ने आयोजक संस्थाकी सि इ यो दुर्गा बिसुरालले जानकारी दिइन् ।

युवायुवतीलाई उत्कृष्ट प्रशिक्षणसहित भविष्यमा मोडलिङ र फेसनको जुनै पाटोमा पनि सक्षम रुपमा अगाडि बढाउँदै उज्जवल भविष्य निर्माणमा सक्षम बनाउने उद्देश्यले रनवे ड्रिम्स प्रतियोगिता आयोजना भएको आयोजक ‘ड्रिम्स इन्स्टिच्युट अफ मोडलिङ फेसन’ मा म्यानेजिङ डाइरेक्टर डा.नवीन शाहले जानकारी दिए ।

प्रतियोगितामा फोटो जेनिक अनिल महत, जाग्रिती यादव, मोष्ट पपुलर राजिव चौधरी, प्रिंकला खड्गी, बेष्टवाक सौर्य तिर्वा, अनुषा कुँवर क्षेत्री, मष्ट फ्रेण्डली आयुष पाण्डे, ग्रिष्मा तामाङ, बेष्टहेयर प्रमिला बिष्ट, मष्ट इष्टाइलिस ओम जोशी र प्रमिला बिष्ट, बेष्टफिजिक समर पुरी, प्रिंकला खड्गी, मष्ट ट्यालेन्ट जिक्टेन शेर्पा, अनुषा कुवँर क्षेत्री बेष्ट पर्सनालिटी रिसभ मितल, स्नेहा ढकाल, मिस डिसिप्लेन सृष्टि नेमकुल घोषित भएका थिए ।

सांगीतिक माहोलमा सम्पन्न प्रतियोगिताको कोरियोग्राफर रोजिन शाक्य रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *