रुपन्देहीमा कोरोनाबाट एकैदिन ४ को मृत्यु, पछिल्लो चार दिनमा देशभर ३१ जनाले ज्यान गुमाए
रुपन्देही । कोरोना संक्रमणका कारण रुपन्देहीमा पछिल्लो २४ घन्टामा चार जनाको ज्यान गएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा ३ पुरुषसहित १ पुरुषको कोरोनाका कारण मृत्यु भएको छ ।
पछिल्ला दिनहरुमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको नेपालमा एउटै जिल्लामा एकैदिन यति धेरै संख्यामा मृत्यु भएको पहिला पटक हो ।
पछिल्ला चार दिनमा नेपालमा ३१ जनाको मृत्यु भइसकेको छ ।
उपत्यकामा निषेधाज्ञा जारी गरेको पहिलो दिन ११ जना, दोस्रो दिन ९ जना र तेस्रो दिन ३ जनाको मृत्यु भएको थियो ।
त्यस्तै आज (सोमबार) थप ८ जनाको मृत्यु भएसँगै पछिल्लो ४ दिनमा ३१ जनाको मृत्यु भएको हो ।