बलिउड नायक अभिषेक बच्चन अस्पतालबाट डिस्चार्ज



मुम्बई । बलिउड नायक अभिषेक बच्चनको कोरोना नेगेटिभ देखिएपछि २९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कोरोना पोजेटिभ देखिएपछि पिता अमिताभ बच्चनसँगै २९ दिन अघि नानावती अस्पतालमा भर्ना भएका अभिषेक बच्चन आज डिस्चार्ज भएका हुन् ।

उक्त कुरा उनका पिता एवं कोरोना संक्रमणपछि मुक्त भइसकेका महानायक अमिताभ बच्चनले ट्वीटरमार्फत् पुष्टी गरेका छन् ।

अमिताभले ट्वीटरमा अभिषेकको रिपोर्ट नेगेटिभ देखिएको र अस्पतालबाट डिस्चार्ज भएर घर फर्कँदै गरेको बताएका छन् । उनले समस्त समर्थकप्रति आभार व्यक्त गरेका छन् ।

यसअघि बच्चन परिवारका अमिताभसहित बुहारी ऐश्वर्या र नातिनी आरध्य पनि कोरोना संक्रमणबाट मुक्त भईसकेका थिए ।