अमेरिकामा दसौंपटक गुञ्जँदै बुद्धवीरको चलेछ बतास सुस्तरी…

काठमाडौं । चर्चित गीतकार बुद्धवीर लामाको दसौं एकल साँझ अमेरिकामा आयोजना हुने भएको छ । आगामी शनिबार साँझ (नेपाली समय अनुसार १२ बैशाख विहान ६ बजे) पेन्सिलभेनिला राज्यको ह्यारिसबर्ग शहरमा आयोजना हुने कार्यक्रममका लागि लामा अहिले अमेरिका पुगिसकेका छन् ।

कार्यक्रममा अमेरिका निवासी नेपाली भाषी कलाकारहरु अर्जुन गुरुङ, यमु राई, टिका लामिछाने, निर्मल गुरुङ, पुष्प गजमेर, बिरेन्द्र गुरुङलगायतले उनका चर्चित गीतहरु प्रस्तुत गर्नेछन् । कार्यक्रम सामाजिक संजाल मार्फत लाइभ गरिनेछ ।

यस अगाडि काठमाडौमा आठ पटक र झापामा एक पटक एकल साँझ आयोजना गरिसकेका लामाको अमेरिकामा एकल साँझ हुन लागेको यो पहिलो हो । कार्यक्रमबाट उठेको रकम खर्च कटाएर बृद्धा आश्रम र बाल अनाथालायाई प्रदान गर्दै आएका लामाले आफ्नो आमा फुलमाया तामाङ जिवित रहँदासम्म उनलाई अतिथि बनाएर एकल साँझ गर्दै आएका थिए ।

लामा पुर्व म्याराथोन धावक पनि हुन् । अमेरिकाको एकल साँझबाट उठेको रकम आफुले जन्मथलो इलामको बौद्धधाममा पहिलो पटक म्याराथोन दौड आयोजना गर्ने लामाले बताए ।

करिव ४ दशकदेखी गीत लेखनमा क्रियासिल लामाका ‘धेरै चोटी आँखा जुध्यो’, ‘चलेछ बतास सुस्तरी’, ‘बादलुको घुम्टोले’, ‘खुट्टा तान्दै गर’, ‘आज हाम्रो भेट भाको दिन’, ‘चोली राम्रो पाल्पाली ढाकाको’, ‘भुपु मायालु’ लगायत सयौ गीतहरु लोकप्रिय छन् ।

कार्यक्रमका लागि अर्जुन गुरुङ र रत्न गुरुङको संयोजकत्वमा रन राई, ओपी गुरुङ, टीबी गुरुङ, डीबी गुरुङ, विश्व गुरुङ, भुपाल गुरुङ, पुष्प गुरुङ, दीपा गुरुङ, बिरेन राई, मुक्तिराज गुरुङ र निर्मला सापकोटा गुरुङ सदस्य रहेको आयोजक समिति समेत गठन भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *