वसन्तपुरमा चीर ठड्याएर होलीको विधिवत शुरुआत

काठमाडौं – वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरुआत गरिएको छ। फागुपूर्णिमाको एक साता अघि अर्थात अष्ठमीका दिन चीरोत्थान गरिन्छ।

विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरुआत भएको मानिन्छ। आइतबार स्थानीय बासिन्दाले विधिपूर्वक वसन्तपुरमा रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएका छन्।

वसन्तपुरमा चीर ठड्याएसँगै होली पर्व मनाउन थालिएको छ। आज ठड्याएको चीरलाई फागुपूर्णिमाका दिन विसर्जन गरेर होली पर्वको समापन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *