अभिनेत्री केकीले किन खाैरिइन् कपाल ?

काठमाडौं । अभिनेत्री केकी अधिकारीले मुन्डन गरेकी छन्। उनको उक्त तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत बाहिरिएको छ।

मुन्डन गर्नुको कारण उनले खुलाएकी छैनन्। तर, कतिपयले नयाँ फिल्मका लागि उनको यो स्वरुप देखिएको अनुमान गरेका छन्।

अधिकारी फिल्म निर्माता पनि हुन् र उनले ‘बोक्सीको घर’ भन्ने फिल्मका लागि मुन्डन गरेकी हुन्। उक्त फिल्मको अहिले सुटिङ चलिरहेको बताइएको छ।

०७३ को साउन र भदौमा उक्त नाटकमा अभिनय गरेपछि उनले फिल्म बनाउने योजना बनाएकी थिइन्। नेपालमा पनि कलाकार पात्रमा घुस्नका लागि मिहेनत गर्न थालेका छन्। यसअघि आमा फिल्मका लागि सुरक्षा पन्तले आधा मुन्डन गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *