नेपालमा थप ७९ जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३३११ मा पिसिआर गर्दा ७९ जनामा कोरोना पुष्टि भएको हो।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ।

पछिल्लो २४ घन्टामा ७५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ४०१ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *